रेखा मगर
दाङ, ४ असार
दाङ प्रहरीले अबैध रुपमा गिट्टी वालुवा उत्खनन गरी ओसारपसार गरिरहेका २ वटा टिप्परलाइ नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको विशेष टोलीले ति टिप्परलाइ नियन्त्रणमा लिएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका ति टिप्परहरु प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रवक्ता शर्माले वताउनुभयो ।।