काठमाडौं, १४ मंसिर गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कांग्रेसको चुनावी सभालाई लक्ष्य गर्दै गत मंगलबार दाङमा गराइएको बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान उपचारक्रममा मृत्यु भयो । देउवाले सम्बोधन गर्दैगर्दा नजिकै भएको विस्फोटमा चौधरीसहित नौ प्रहरी घाइते भएका थिए ।
गृह मन्त्रालयले विस्फोटमा परी घाइते भएका चौधरीको उपचारक्रममा मृत्यु भएको पुष्टि गरे पनि कसले विस्फोट गराएको थियो भन्ने जवाफ दिन सकेको छैन । विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् वा उच्छृंखल समूह वा सर्वसाधारणले भन्ने गरेजस्तो ‘अदृश्य विदेशी शक्तिु या अरू कुनै समूह रु यसबारे सरकारसँग प्रशस्त सूचना भएको र सुरक्षा निकायले पहिचान पनि गरिसकेको विभिन्न स्रोतले पुष्टि गरेका छन् । तर, सरकारले आधिकारिक रूपमा जानकारी नदिँदा सर्वसाधारणमा त्रास बढ्दो छ । ‘कसले विस्फोट गराउँदै छ भन्नेबारे पछि भन्छौुं, गृहप्रवक्ता नारायणप्रसाद दुवाडीले भने ।
चौधरीको मृत्युपछि परम्परागत शैलीमा दिइने १०र१५ लाख रुपैयाँ क्षतिपूर्ति नै जीवनको मूल्य हो या विस्फोट गराउनेलाई कारबाही गरेर सरकारले उनको परिवारलाई न्याय दिन्छ रु अर्थात् क्षतिपूर्तिका रूपमा दिने त्यही १०र१५ लाख रुपैयाँलाई न्यायमा रूपान्तरण गरेर पन्छिन खोज्दै त छैन सरकार रु सायद जनता पनि सरकारबाट मुुलुकभर भएका विस्फोटका घटना र चौधरीको मृत्यु प्रकरणको उचित जवाफ खोजिरहेका छन् । के सरकारले सही जवाफ दिन सक्ला रु प्रधानमन्त्री देउवाले गृहमन्त्री नतोकेर त्यसको डाडुपन्यु पनि आफैँले लिएका छन् । सबै घटनाको जवाफ देउवाको काँधमा छ ।
प्रधानमन्त्री देउवाले आफ्नै आँखाअगाडि भएको विस्फोटको घटना त देख्दैनन् भने मुलुकभर भएका घटना कसरी देख्लान् रु गृहमन्त्रीसमेत रहेका उनले विस्फोट गराउँदै हिँड्ने समूहसमेत चिन्दैनन् । अब प्रधानमन्त्री देउवाले जवाफ दिने बेला भएन र १ सबै सुरक्षा निकायले विस्फोट गराउने समूहबारे स्पष्ट रूपमा प्रधानमन्त्रीलाई रिपोर्टिङ गरिसकेका छन् । सायद ती समूहका व्यक्ति पक्राउ गर्न र उनीहरूमाथि कारबाही गर्न सुरक्षा निकायले समेत प्रधानमन्त्रीको आदेश पर्खिरहेका छन् । विस्फोट गराउने समूहले अहिलेसम्म घटनाको जिम्मा लिएको छैन ।
निर्वाचन प्रक्रिया सुरु भएदेखि लगातार भएका विस्फोटमा कैयौं घाइते भएका छन् । राजधानीलगायत मुलुकभर नै विस्फोट भइरहेको छ । बुधबार पनि उदयपुरमा चुनावी कार्यक्रमलाई लक्ष्य गरी राखिएको एम्बुस विस्फोट हुँदा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीलगायत घाइते बने । उक्त घटना गराउनेलाई समेत अज्ञात समूह भनियो ।
को हो त विस्फोट गराउँदै हिँड्ने समूह रु प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भनेझैं ‘उच्छृंखल समूहु हो भने सुरक्षा निकायले किन पक्राउ गर्न सक्दैनन् । निर्वाचनविरोधी गतिविधिमा सक्रिय भएको भन्दै सुरक्षा निकायले झन्डै तीन सय जना नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ । नेकपाका कार्यकर्ताले विस्फोट गराएका हुन् भने सरकारले किन त्यसका महासचिव नेत्रविक्रम चन्दसहित ठूला नेतालाई पक्राउ गर्न सक्दैन रु तिनले विस्फोट गराएका होइनन् भने किन भटाभट समातिरहेको छ रु दोहोरो चरित्रमा सरकार बस्नु कदापि स्वीकारयोग्य छैन । कहिलेसम्म विस्फोट गराउने समूहलाई ‘अज्ञातु भन्दै छुटकारा दिने रु विस्फोटमा परी मारिएका म्यादी प्रहरी चौधरीकी पत्नी र छोरीलाई सरकारले के जवाफ दिन्छ ?
मंसिर ३ मा रक्षा मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ‘उच्छृंखल र निर्वाचनविरोधीु समूहले विस्फोट गराएको बताए । को हुन् त उच्छृंखल र निर्वाचनविरोधी समूह ? यसबारे न प्रधानसेनापतिले मुख खोल्न सके न त त्यहीं उपस्थित रक्षामन्त्री भीमसेनदास प्रधानले ।
विस्फोटन गराउँदै हिँड्ने समूह बलियो र राज्यचाहिँ उनीहरूको अगाडि निरीहझैँ बनेको छ । सुरक्षाकर्मीकै ज्यान जाने गरी भएका यस्ता घटनामा संलग्नको पहिचान गर्न नसक्नु र ‘अनुसन्धान हुँदै छु भन्ने ओठे जवाफ मात्रै दिइनु गम्भीर विषय हो । अन्नपूर्ण पोष्टबाट