उदयपुर, १३ मंसिर । उदयपुरको दनुवारबेसीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा परि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ६ जना घाइते भएका छन् ।
विष्फोटबाट कांग्रेस कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र गाडी चालक राजन कार्की पनि घाइते भएका छन् । घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।