इन्द्रेणी संवाददाता
दाङ, ३ असार
दाङको घोराही नगरपालिका वडा नम्वर २ गुलरिया टोलले सरसफाई अभियान सञ्चालन गरेको छ ।
बर्षातको समयमा घर तथा सडक वरीपरी झाडी हुदा किराकाटी बढ्ने र टोललाई सरसफाईमा नमुना बनाउने लक्ष्य सहित गुलरिया पार्क गुलरिया चोकदेखी भरपुर जाने सडक, पिपल बुटादेखी मदन भण्डारी स्कुल रोड तथा अन्य भित्रि सडक वरीपरी रहेका झारजंगल कटान, फोहोर वस्तु जलाउने कार्य गरिएको समितिका कोषाध्यक्ष कमलमणी पोख्रेलले जानकारी दिनुभयो ।।