इन्द्रेणी संवाददाता
रोल्पा, १० मंसिर । आज सम्पन्न पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा रोल्पामा ५२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र ५२ प्रतिशत मत खसेको अनुमान गरिएको बताए ।