रुकुम, १० मंसिर । पश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा मतपेटिकामै आयो लागेको छ ।
प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधिसभा अन्र्तगत प्रत्यक्षतर्फको मतपेटिकामा आगलागी भएपछि अहिले मतदान कार्य रोकिएको छ भने सर्वदलिय बैठक बसिरहेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार त्यस मतपेटिकामा २५० मत खसेको थियो ।