झापा, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा शनिवार बिहान करीब ४ बजे बम विष्फोट भएको छ ।
त्यस्तै, नेपाली काङ्ग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ । रासस