राजेन्द्र न्यौपाने
गोरखा, ७ मंसीर । गोरखा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले मंसिर १० गतेको चुनाव सामान्य चुनाव नभएको बताउँदै यो आम नेपालीको जीवन फेर्ने चुनाव भएको बताएका छन् ।
कम्युनिष्ट शक्ति गरिव उत्पीडितको जीवन फेर्न चाहन्छ । क्रान्तिकारी आन्दोलनमा सक्रिय सहयोग जसरी गर्नुभयो त्यसरी नै मंसिर १० को निर्वाचनमा सहयोग गर्नुहोस त्यसपछिका ५ वर्षमा देशमा चमत्कार हुनेछ । शिक्षा, स्वास्थ्य, खानेपानी बाटो, विजुली लगायतका विकासका पूर्वाधारहरु दु्रत गतिमा अगाडि बढाईने छ । गोरखाको सुलिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले सो कुरा बताएका हुन् ।