काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतभित्रै बम राखेको हल्ला मच्चिएपछि मङ्गलवारको सम्पूर्ण इजलाश ठप्प भएका छन् । अज्ञात समूहले सर्वोच्च अदालतमा बम राखेको खबर दिएपछि यतिबेला सर्वोच्चका १० ओटै इजलाशमा रहेका न्यायाधीशहरुलाई इजलाश बाहिर ल्याइएको छ ।
बम कसले राखेको र किन राखेको भन्ने विषयमा यकिन जानकारी आएको छैन् । बमको हल्लासँगै सर्वोच्चले माइकिङ गरेर मङ्गलवारका लागि तोकिएका सम्पूर्ण कामकारवाही स्थगित गरेको सूचना दिएको छ ।