Indrenionline.com

यस्तो छ महराको प्रदेश नं. ५ लाई समृद्ध बनाउने प्रतिवद्धता

इन्द्रेणी संवाददाता
दाङ, ५ मंसिर । उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेदवार कृष्णबहादुर महराले आफूले चुनाव जितेपछि गर्ने कामका केही प्रतिवद्धता जनाएका छन् । उनले दाङलाई प्रादेशिक राजधानी बनाउनेदेखि संमृद्ध बनाउनेलगायतका प्रतिवद्धता जनाएका छन् ।

प्रतिवद्धता पत्रको पूर्ण पाठ;-

समृद्ध नेपालका लागि समृद्ध दाङ– हाम्रो अभियान
‘कृषि–पर्यटन, जलस्रोत र पूर्वाधार– दाङ जिल्लाको समृद्धिको आधार’

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन– २०७४
प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं. २ बाट वाम गठबन्धनका साझा उम्मेदवार
कृष्णबहादुर महराको प्रतिबद्धता पत्र

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु

सर्वप्रथम जनयुद्ध, जनआन्दोलनलगायत परिवर्तनका निम्ति भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सहिदहरुले देखाएको बाटोमा हिडिरहने प्रण गर्दछु ।
इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन, जनसंघर्ष, जनयुद्ध तथा जनआन्दोलनको परिणामस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई संविधानले संस्थागत गरिसकेको छ । यी परिवर्तनको कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यतिबेला देश प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा होमिएको छ । यस ऐतिहासिक अवसरलाई आम नेपाली जनताले एक महान उत्सवका रुपमा लिएका छन् । यस उत्सवलाई हामीले राजनीतिक परिवर्तनको व्यावहारिक कार्यान्वयनसँगै सामाजिक न्यायसहितको आर्थिक समृद्धिका लागि प्रयोग गर्नुपर्ने आवश्यकता छ । यही कुरालाई आत्मसात गर्दै सबै तहमा स्थिर र टिकाउ सरकार निर्माण गरी समृद्ध नेपाल निर्माण गर्न ने.क.पा. (माओवादी केन्द्र) र नेकपा (एमाले) पार्टी एकीकरणको घोषणा गर्दै वाम गठबन्धन निर्माण गरी चुनावी होमिएका छौं ।
नेपालको राजनीतिक परिवर्तनमा विभिन्न भूमिका निर्वाह गर्दै म कृष्णबहादुर महरा वाम गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा तपाईंहरुको घर आँगनमा आइपुगेको छु । विशिष्ट भौगोलिक, साँस्कृतिक एवं सामाजिक विशेषता बोकेको दाङ नेपालकै एक प्रमुख जिल्ला हो । यहाँ कृषि, पर्यटन, खनिज स्रोत, वनजंगल, उद्योगलगायत थुप्रै दृष्टिकोणले प्रशस्त सम्भावना रहेको छ । एसियाकै ठूलो र सुन्दर उपत्यका दाङ आर्थिक, साँस्कृतिक, पर्यावरणीय, सामरिक, सुगमता एवं भौगोलिक दृष्टिकोणले प्रदेश राजधानीका लागि उपयुक्त छ । पूर्वाधार निर्माणका लागि पर्याप्त जमिन, प्रदेशको मध्यभाग, अनुकूल जलवायु, प्रशस्त खुला क्षेत्र, एकीकृत बस्ती विकासको सम्भावना, खनिज पदार्थहरुको प्रचूरता, मौलिक संस्कृतिको धनी, शिक्षा र स्वास्थ्यमा भएका पूर्वाधारहरु प्रादेशिक राजधानी निर्माणका आधारहरु हुन् ।
‘प्रदेश नं. ५ को शानः प्रादेशिक राजधानी दाङ’ भन्ने मूल उद्देश्यसहित दाङलाई ५ नं. प्रदेशको प्रादेशिक राजधानी बनाउने कुरा अहिले हाम्रो लागि सबैभन्दा महत्वपूर्ण विषय हो । दाङलाई आर्थिक, सामाजिक र साँस्कृतिक दृष्टिकोणले देशकै नमूना जिल्ला बनाउने मेरो लक्ष्य र आगामी ५ वर्षको कार्यभार हो । ‘कृषि–पर्यटन, जलस्रोत र पूर्वाधार– दाङ जिल्लाको समृद्धिको आधार’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी यसलाई सफलीभूत पार्न म यहाँको घर आँगनमा आएको छु । यस उद्देश्य र कार्यभारलाई पूरा गर्ने मेरो अभियानलाई सहयोग गर्न म सम्पूर्ण जिल्लाबासी आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अनुरोध गर्दछु । त्यसका लागि यही मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोलाकारभित्रको हँसियाहथौडा चुनाव चिन्हमा छाप लगाई मलाई अत्याधिक मतका साथ विजयी गराउनु हुनेछ भन्ने अपेक्षा गर्दछु ।

समृद्ध दाङ निर्माणका लागि मेरा प्रतिबद्धताहरु  :
विकासको आधार  : भौतिक पूर्वाधार

१. सडक तथा यातायात

२. सिचाई तथा खानेपानी

३. कृषि

५. शिक्षा

६. ऊर्जा ; प्रदेशकै शान, उज्यालो दाङ

७. उद्योग

८. पर्यटन

९. युवा तथा रोजगार

१०. खेलकूद

११. सामाजिक सुरक्षा

१२. भूमि

१३. सञ्चार तथा प्रविधि

१४. कला साहित्य र संस्कृति

१५. सुशासन

१६. वातावरण तथा हरित अर्थतन्त्र

धन्यवाद !