इन्द्रेणी संवाददाता
रोल्पा, ४ मंसिर । रोल्पामा प्रहरीले बम बनाउन प्रयोग गरिने ४३ थान सकेट वरामत गरेको छ । एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरेको सकेटहरु वरामत गरिएको प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान रेडबुल ग्रिनेट, सकेट र नलकटुवा पेस्तोल प्रहरीले सोमबार पत्रकारसमक्ष सार्बजनिक गरेको छ।
शनिबार राती छापामार्दा पक्राउ परेका विश्लेषणको घरबाट बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारिएको प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताएका छन् ।