मंसिर । कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो। चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लवु समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए पनि सुरक्षा दृष्टिले ‘ढुक्क हुनु आयोगलाई आश्वस्त बनाएका थिए। तर, त्यसयता निर्वाचन हिंसा घट्नुको साटो उम्मेदवार लक्षित आक्रमणका शृंखलाबद्ध घटनाले भयको वातावरण सिर्जना गरेको छ।
एकपछि अर्को नेता लक्षित बम आतंक मच्चिएको छ। सरकार र सुरक्षा निकायले विप्लव समूहको ‘शक्तिु को सही अनुमान गर्न र त्यसअनुसारको सुरक्षा रणनीति बनाउन नसक्दा हिंसाका घटना बढ्दै गएको एकथरी विश्लेषकको भनाइ छ। ‘सोच्दै नसोचेका घटना भइरहेका छन्,ु प्रमुख आयुक्त यादव भन्छन्, ‘सुरक्षा निकाय सचेत भएर यस्ता घटना नियन्त्रणमा लिनुपर्ने स्थिति छ।
सरकार र सुरक्षा निकायले निर्वाचनको सुरक्षालाई ‘हल्काफुल्काु रूपमा लिएका कारण शृंखलाबद्ध घटना भइरहेको विश्लेषण गर्छन्, पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह। ‘०७० को पहिलो संविधानसभा निर्वाचनको अवस्थालाई मात्र ध्यान दिएर सुरक्षा रणनीति बनाउन सकेको भए पनि यस्तो अवस्था आउँदैनथ्यो,ु शाह भन्छन्, ‘चुनावलाई प्रभावित बनाउन शक्ति सञ्चय भएको छ भन्ने कुरा न सरकारले थाहा पायो, न त सुरक्षा निकायले नै पूर्वानुमान लगाउन सक्यो। कहीँ न कहीँ सुरक्षा निकायमा कमीकमजोरी देखियो। अन्नपूर्ण पोष्टबाट