लमजुङ, ३० कार्तिक । आगामी मंसिर ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा चलिरहदा एमालेका अध्यक्ष केपी ओलीले चुनावपछि मात्रै पार्टी एकता हुने बताएका छन् ।
ओलीले कांग्रेसलाई लोकतन्त्रवादी नभई लुटतन्त्रवादी भएको आरोप लगाए । कांग्रेस लामो समयसम्म सत्तामा रहेपनि विकासको काममा सिन्कोसमेत नभाचेको आरोप लगाए ।
ओलीले अहिलेको सरकार काम चलाउ सरकार भएकोले यो सरकारलाई चुनाव सम्पन्न गर्ने अधिकार बाहेक अरु केहि अधिकार नभएको बताए । उनले भ्रष्टाचारमा लिप्त सरकारले कमिशन नपाएपछि वुढीगण्डकी आयोजना खारेज गरेको समेत आरोप लगाए । नयाँ पत्रिकाबाट