इन्द्रेणी संवादाता
काठमाण्डौ, २ असार
विभिन्न जिल्लामा झण्डै ५ सय बस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् ।
गृह मन्त्रालयले २०७२ साउनमा प्रकाशन गरेको प्रतिवेदन अनुसार एक सय ९३ स्थानमा मानिसहरुलाई अस्थायी आवासको रुपमा राखिएको छ ।
चारसय ७५ बस्तीहरु प्हिरोको उच्च जोखिमयुक्त रहेको उल्लेख छ । दर्जनौ बस्तिहरु खेला किनारमा रहेकाले बाढीको जोखिममा छन् ।
बाढी र पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्न किन ढिलाई भैरहेको छ ।
पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रुाद थपलियाले सरकारले काम सुरु गरिसकेको दावी गर्नुभयो ।
बरिष्ठ मौसमविद् सुजन सुबेदीले यसबर्ष बर्षा बढी हुने देखिएकाले सजग हुनुपर्ने बताउनुभयो ।
बाढी र पहिरोको जोखिमबाट बच्न सरकारसँगै सम्बन्धीत क्षेत्रमा बसोबास गर्ने नागरिकले पनि ध्यान दिनु पर्ने विज्ञहरुले बताएका छन् ।
यसैविच, दार्चुलाका १९ गाविस बाढी र पहिरोको जोखिममा रहेका छन । जिल्लाको सुनसेरा, धुलीगडा, खरकडा, हुनैनाथ, मालिकार्जुन, बोहरीगाउँ, रिठाचौपाता, खार, ग्वानी र डाडाकोट गाविस जोखिममा रहका छन ।।