घाेराही २८ कार्तिक । चुनावी प्रचार अभियान अन्तरगत उप प्रधानमन्त्री एव दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार कृष्णबहादुर महरालाई टाेल-टाेलमा स्वागत गरिएकाे छ ।
रतनपुर निवासि लाेकबहादुर रावतले अाफूहरुले महरालाई चुनाव जिताउन अाफूहरु लागि परेकाे बताए । महरा दाङकाे साझा नेता भएकाे उनले बताए । स्थानीयहरुले महरलाई सडक, सिचाई, स्वास्थ्य लगायतका विषयमा समस्या राखेका थिए । वेरुवागाउ निवासि भाेजबहादुर थापाले महरालाई विकाशमा ध्यान दिनु पर्ने अाग्रह गरे ।थापाले महरालाई चुनाव जिताउनु पर्ने अावश्यकता अाैंल्याए ।