भोजपुर, २८ कार्तिक । बाम गठबन्धनका तर्फबाट भोजपुर क्षेत्र नं.२ बाट उम्मेदवार बनेका एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेका छन् ।
बम प्रहारबाट ल्यान्ड रोभर गाडीमा क्षति भएको छ । उम्मेदवार राई भने सकुशल छन् । सुरक्षामा खटिएका असईले बम प्रहार गर्नेमाथि २१ राउन्ड गोली प्रहार गरेका छन् ।