भरतपुर, २८ कार्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदातालाई फसाएर भोट किन्न खोज्नेहरुको पैसा जफत गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । आज भरतपुरको हरैया चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले हारको मानसिकताबाट आत्तिएकाहरुले जनतामा भ्रम सिर्जना गर्न खोजेको बताए ।
अब समृद्धिको युग सुरु भएको भन्दै प्रचण्डले आफ्नो १० महिनाको प्रधानमन्त्री कालमा गरेको काम विकास र समृद्धिप्रतिकै संकल्प भएको स्पष्ट पारे ।