रुकुम, २४ कार्तिक । प्रतिनिधि सभाका लागि रुकुमबाट उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई ताकेर रुकुममा बम प्रहार भएको छ ।
बम प्रहारबाट मानवीय र भौतिक क्षति नभएको बताइएको छ । बम प्रहार गर्नेको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ । नेत्रबिक्रम चन्द् विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले बम प्रहार गरेको शंका गरिएपनि प्रहरीले भने पुष्टि गरेको छैन् । गृहन्त्री समेत रहेका शर्माको गाडीमा वम प्रहार भएपनि उनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।