दाङ , २ असार ८२ वर्षपछि पहिलो पटक यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा नतिजा आउँदै यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आज सार्वजनिक हुने भएको छ। यस वर्षको नतिजामा कोही फेल नहुने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक कोही फेल नहुनेगरी परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो। एसएलसी परीक्षाको सुरुवातको ८२ वर्षपछि पहिलो पटक यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा नतिजा ग्रेडिङ प्रणालीबाट गर्दैछ।
यस्तै बढीमा दुई विषयमा डि र ई प्राप्त गर्ने परीक्षार्थीले सोही वर्ष ग्रेड वृद्धिको लागि ‘ग्रेड वृद्धि’ परीक्षा दिन सक्नेछन्। विद्यार्थीले एसएलसीको नतिजापछि प्राप्त गरेको एसएलसी ग्रेड सिटमा बढीमा दुई विषयमा डि र ई अक्षरांकन छ भने उसले एक पटकलाई मौकाको रुपमा ग्रेड बृद्धि गर्न ग्रेडबृद्धि परीक्षा दिन सक्ने ब्यवस्था पनिकाले गरेको हो। यो वर्षको एसएसली परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी छन्।