काठमाडौं, २३ कार्तिक । वाम गठबन्धनले ‘टुरिष्ट’ उम्मेदवारको आरोप लगाएपछि कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार कांग्रेस नेतृ डा.आरजु राणा देउवाले धनगढीमा घर किन्ने तयारी गरेकी छन् ।
राणाले शारदा हमालको नाममा रहेको उक्त घरको मूल्य ३ करोड रुपैयाँ रहेको स्रोतले बतायो । संविधान सभाको दोस्रो निर्वाचनमा गृहजिल्ला डडेल्धुरासहित कैलाली क्षेत्र नम्बर ६ हालको क्षेत्र नम्बर ५० बाट चुनाव जितेका प्रधानमन्त्री देउवालेपछि यो क्षेत्र छाडेका थिए ।
कांग्रेसले अहिले प्रतिनिधि सभाका लागि यो क्षेत्रबाट प्रधानमन्त्री पत्नी राणालाई अघि सारेपछि उनलाई ‘टुरिष्ट’ उम्मेदवारको आरोप लागेको हो । विपक्षीले टुरिष्ट उम्मेदवारको नारा लगाएपछि उनी घर किन्ने निर्णयमा पुगेकी हुन् । नयाँ पत्रिकाबाट