काठमाडौं, १ असार । उपप्रधान तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै सडक संघर्ष गर्ने भएको छ । सो पार्टीले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा विदेशीहरुको स्वार्थमा नेपालमा संघीयता रोपिएको आरोप लगाउँदै विभिन्न चरणको संघर्ष सुरु गरिने बताइएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधान जारी नगर्न नेपालका दलहरुलाई दवाब दिनु, संविधान जारी भइसकेपछि दलहरुको भद्र सहमति र एकतालाई फुटाउनु, मधेशवादी दललाई आन्दोलित बनाएर त्यसैको निहु“मा नेपालमाथि नाकाबन्दी गर्नु, संविधानमा संशोधन प्रस्ताव हाल्न दबाव दिएर जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्न लगाउनुबाट नेपालको स्वाभिमान र राष्ट्रियता कमजोर हु“दै गएको छ ।’