काठमाडौं, २१ कार्तिक । सशस्त्र द्धन्दको समयमा हत्या गरिएकी मैना सुनुवार हत्या प्रकरणको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरु चोलेन्द्रशम्सेर जबरा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले काभ्रे जिल्ला अदालतबाट सुनुवार प्रकरणको मिसिल झिकाउने आदेश दिएको हो ।
द्वन्द्वकालमा घरमै बसेको बेलामा सुनुवारलाई गैरकानूनी रुपमा नियन्त्रणमा लिई व्यारेकभित्र हत्या गरेको घटनामा जिल्ला अदालतले महासेनानी बबी खत्री, सहसेनाीहरु अमिल पुन र सुनील अधिकारीलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ (३) अनुसार जन्मकैद हुने फैसला गरेको थियो ।