काठमाडौं, २० कार्तिक । भाडाको घरमा बस्दै आएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घरधनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गरेका छन् ।
डा. यादव ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको घरमा २०७२ साल कात्तिक २ गतेदेखि पूर्व राष्ट्रपति यादव बस्दै आएका छन् भने घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख छ ।