दाङ, १९ कार्तिक । नेकपा एमालेबाट टिकट नपाएपछि वागी मनोनय दर्ता गराएकी कोमल वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । केही समयअघि मात्रै राप्रपाबाट एमालेमा प्रवेश गरेकी वलीले प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी थिइन् ।
पत्रकार सम्मेलनमा एमालेले आफूलाई टिकट नदिएर एमालेले धोका दिएको गुनासो गरिन ।
यसैगरी प्रदेशसभा सदस्यका लागि क्षेत्र नं. ३ क मा उम्मेदवारी दिएका माओवादी पोलिटव्युरो सदस्य एवं पूर्वसभासद् कुबेर वली र ३ ख बाट उम्मेदवारी दिएका गेदलाल भण्डारीले पनि फिर्ता लिएका छन् ।