इन्द्रेणी संवाददाता
घोराही, १ असार
मगर समुदायले हरेक वर्ष असार १ देखि ५ गतेसम्म मनाउँदै आएको भुमे पर्व यस वर्ष पनि मनाउन थालिएको छ ।
पृथ्वी अर्थात् भूमि नै जीवनदाता भएको मान्यता राख्ने मगर समुदायले भूमिलाई
देवताको रुपमा मान्दै
भुमेमा नाँच्दै मगर महिलाहरु
आएका छन् ।
भुमे पर्वको अवसरमा नेपाल मगर संघ दाङले पनि आजदेखि घोराहीमा पाँचदिने भुमे महोत्सव सञ्चालन गरेको छ ।
सेवारखोला छेउमा रहेको संघको कार्यालय परिसरमा भुमे
महोत्सवको आयोजना गरिएको हो ।
पाँचदिने भुमे महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले भुमे महोत्सव मगर समुदायको भावना, पहिचान र एकतासँग जोडिएको बताउनुभयो ।
भन्ने आसयले पूजा गरिने भएकाले यो पर्व जीवन र जगतसँग जोडिएको वताउनुभयो ।
संघ दाङका अध्यक्ष सितलाल पुन मगरको अध्यक्षमा भएको भुमे नाँच उद्घाटन कार्यक्रममा बोल्ने
भुमेमा वाजा वजाँउदै दलित समुदाय
विभिन्न मगर संगठनका नेताहरुले आफनो जातिय संस्कार युवा पुस्तामा पुस्तान्तरण हुनैपर्नेमा जोड दिएका छन् ।
भुमे नृत्यमा बालबालिकादेखि वृद्धवृद्धाहरु पनि सहभागी भएका छन ।।