Indrenionline.com

संगो कमिटी माओवादीमा प्रवेश गरेपछि…

चितवन १८ कार्तिक पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, केन्द्रीय सदस्य टिकाराम लामासहित सिङ्गो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

शनिबार माडीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष तिमिल्सिना सहित सिङ्गो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको हो । राप्रपा प्रजातान्त्रिकको जिल्ला समितिलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराए ।

तिमिल्सिना चितवन जिल्लाका स्थापित नेता हुन् । सत्य र निर्भिक स्वाभावका तिमिल्सिना गत महिना सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर नगरपालिकामा मेयर उम्मेद्वार थिए ।

तिमिल्सिनाले स्थानीय तहको निर्वाचनमा ८०८१ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसको समर्थनमा चितवन क्षेत्र ३ का उम्मेद्वार बिक्रम पाण्डेका बलिया खम्बा मानिएका तिमिल्सिना र लामासहितको पार्टी प्रवेशले प्रचण्डलाई सहज भएको बताइएको छ । पार्टी प्रवेश गर्दै नेता तिमिल्सिनाले चितवनबाट प्रचण्डलाई जिताएर चितवनको विकास र देशको निकासका लागि माओवादी केन्द्रमा आएको बताए । रातोपाटीबाट