काठमाडौं, १५ कार्तिक । राजधानीको कमलादीमा फेरी गोली चलेको छ । गोलि चलाई भाग्ने क्रममा स्वचालित पेस्तोल र ठूलो संख्यामा गोलीसहित तीन जना भारतीय सुत्र लाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको कमलादीको हेरिटेज प्लाजा नजिक गोली चले पनि घाइते भने कोही भएका छैनन्। पक्राउ पर्ने भारतीय नागरिकहरुमा जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिंह रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ।
कमलादीको एउटा रेस्टुरेन्टमा खाजा खाएपछि बिल तिर्ने विषयमा विवाद हुँदा सुरुमा प्रहरीको मान्छे भनेको र त्यसपछि तर्साउनका लागि पेस्तोल निकालेर गोली चलाई भाग्ने क्रममा उनीहरु पक्राउ परेका थिए।