काठमाडौं, १४ कार्तिक । ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ पछि १२ वर्ष ५ महीना २२ दिनका लागि सदरखोर कारागार डिल्लीबजारमा कैद भुक्तानका लागि चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले मङ्गलवार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुङ्गेललाई डिल्लीबजार कारागार चलान गरेको हो ।