शरद पोख्रेल
टोकियो १३ कार्तिक । नेपालबाट बिभन्न स्थानबाट जापानमा गएका नेपालीहरू बिभिन्न समूह तथा समाज बनाएर सहयोग तथा सद्भाब आदानप्रदान गर्ने गरिरहेका छन्। बिभिन्न सेवा समाज तथा सम्पर्क समाज स्थापना गरी एक आपसमा सहयोग आदान प्रदान गर्ने, नेपाली चाड पर्बहरू मनाउने तथा नेपालमा हुने बिपत्तिमा सहयोग गर्ने गरेको पाइएको छ। यसरी जापानमा स्थापना भएका संस्थाहरूमा केही रहर तथा देखासिकी गर्दै स्थापना भएको देखिन्छ। त्यस्ता संस्थाहरू नाम मात्रैमा सिमित छन् जसको संख्या धेरै छ। तर बास्तबिक जिम्मेबारीबोधका साथ सकृयता पूर्बक लागेका संस्थाहरू निकै कम देखिएका छन्।
नेपालमा हुने हरेक बिपदमा सहयोगी हात बढाउने राप्ती समाज जापानले भुकम्प पिडित तथा बाढीपिडित लगायत हरेक बिपदमा समाजको सहयोगी बनिरहेको छ। हालै समाजले रोल्पाको एउटा बिद्यालय निर्माण तथा राप्तीका बिभिन्न ठाउकालागि ई लाईब्रेरीको लागि अभियान चलाइरहेको छ।