धादिङ, ११ कार्तिक। आज विहान धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा वस खसेर ज्यान गुमाउनेहरुको संख्या १९ पुगेको छ ।
अहिलेसम्म १९ जनाको लास फेला परेको प्रहरीले जनाएको छ । जसमध्ये ९ पुरुष र ७ महिला र ३ बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन् ।बसमा करिब ५० जना यात्रु रहेको अनुमान गरिएको छ ।