Indrenionline.com

त्रिशुली नदीमा बस खस्यो , यात्रु सहित बस बेपत्ता

धादिङ ११ कार्तिक । धादिङ गजुरी ५ बांगेमोडमा रात्री बस त्रिशुली नदीमा खसेर वेपत्ता भएको छ । राजविराजबाट काठमाडौं आउँदै गरेको रात्री बस आज शनिबार बिहान ६ बजेतिर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । बस नम्बर नखुलेको र कति यात्रु थिए भनेर पनि एकीन गर्न नसकिएको गजुरी प्रहरीको भनाइ छ ।