दाङ , १ असार –खुला सीमाना र कडाइका साथ सीमा क्षेत्रमा प्लान्ट क्वारेन्टाइन परीक्षण भारतको महाराष्ट्र र कर्नाटकबाट यो कीरा प्रवेश गरेको हुन सक्ने अध्ययनमा खटिएका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले जानकारी दिएका छन् । टुटा अवसोल्युटा (टीयूटीए एबीएसयूएलयूटीए) वैज्ञानिक नाम भएको यो कीराले गोलभेंडा खेतीमा विश्वभर विध्वंश मचाइसकेको छ। निकै घातक मानिने यो कीरा यसअघि दक्षिण अमेरिका, अफ्रिका, मोरक्को, टयुनेसिया, फ्रान्स, इटली, अल्जेरिया, आल्वानिया, बुल्गेरिया, नेदरल्यान्ड, पोर्चुगल, इजरायल, हंगेरी, सुडान र इथोपियामा यो कीरा भेटिएको थियो ।
उनका अनुसार गोलभेंडाको अध्ययन गर्ने क्रममा यही जेठ महिनामा उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रे जिल्लामा यो कीराको प्रकोप भेटिएको छ। यो कीरालाई पुतली समूहको गेलिचिडायी परिवारमा वर्गीकरण गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।