Indrenionline.com

गजल : शरद पोख्रेल

FB_IMG_1509069143191

 

सरकारको भरोशा नगरे हुन्छ अब

अखबारको भरोशा नगरे हुन्छ अब,

ती बचनमै छुरा सर्बत्र छन् अचेल
तरबारको भरोशा नगरे हुन्छ अब,

उचाइबाट जमिन देखिदैन शायद
दरबारको भरोशा नगरे हुन्छ अब,

‘धन्दा’ गर्नेले ‘धन दाम’ कमाउछ
ब्यापारको भरोशा नगरे हुन्छ अब,

मुटु दियो, बेचिदिन्छन् अर्कालाई
भो! प्यारको भरोशा नगरे हुन्छ अब ……।