बाँके, ९ कार्तिक । विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजना नेपालगंजमा अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम आज बिहीबारबाट सञ्चालन हुने भएको छ ।
भारत, बंगलादेश, पाकिस्तानका साथै ८ वटा देशका मुस्लिमहरुको धार्मिक प्रवचन कार्यक्रममा सहभागिता रहने दाउते इस्लामी नेपालका अध्यक्ष रमजान मियाले बताए । मिया अनुसार ४ दिन सम्म चल्ने धार्मिक प्रवचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताउदै बाहिरी देशबाट आउने धार्मिक गुरुहरुका लागि स्थानीय प्रशासनले सुरक्षा प्रदान गरेको बताए ।
हजारौको संख्यामा भारतबाट दाउते इस्लामीका सदस्यहरु भारतीय प्रह्रीको कडा चेकजाँच पश्चात मंगलबार नेपालगंज आइपुगेको छन् । आज बिहिबार १ बजे देखि धार्मिक प्रवचन सुरु हुदै छ ।