जाजरकोट, ८ कार्तिक। जाजरकोट जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) बाट वाम गठबन्धनको कार्यदलले गरेको भागबण्डा अनुसार नै उम्मेदवारी दर्ता गरेका एमालेका निरज आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
कार्यदलले गरेको भागबण्डाअनुसार जाजरकोटमा प्रतिनिधिसभा सदस्य माओवादी र प्रदेशसभाका दुवै सिट एमालेले पाउने र हुम्लामा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिट माओवादीले पाउने सहमति भएको थियो।
तर, एमाले हुम्लाले आफूहरुले एक सिट पनि नपाए वाम गठबन्धन नमान्ने भन्दै बिरोध गरेपछि जाजरकोटबाट प्रदेशमा एक सिट पाउने गरी हुम्लाबाट माओवादीले एमालेलाई प्रदेशसभाको एक सिट छाडेको थियो। सोही सहमति पालना गर्न केन्द्रले निर्देशन दिएपछि एमालेका आधिकारिक उम्मेदवार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन्। उनले अध्यक्ष केपी ओलीले दिएको टिकट ओलीलाई नै फिर्ता गरिदिएको समेत बताए ।