माधव बेल्वासे
कात्तिक ७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ । चन्द्रौटा वजार देखि पश्चिम क्षेत्रमा रहेको वस्तिले चिनी पानी फिटकीरी पकाएर बाक्लो बनाईको अखाद्य मह वेच्ने गरेको पाइएको छ ।वडा प्रहरी कार्यलय चन्द्रौटाले विशेष सुराकीको आधारमा खोजतलास गर्दा सो वस्तिमा यस्तो भेटिएको हो । चिनीलाई पगालेर वाक्लो वनाई तयार पारी वनाइएको मह जस्तो तरल पदार्थ अवस्थामा राखिएको थियो ।
सो बस्तीबाट वस्ने हाज्रा खातुन, गुडिया खातुन लाई प्रहरीले नियन्त्रणमा लिई छानविन सुरु गरिएको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए । प्रहरीले मंगलबार विहान जफत गरेको अखाद्य चिनीमह र मह उत्पादन गर्दा प्रयोग गरिने भाडाहरु शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी उपप्रमुख शिवकुमारी थारु ,स्थानिय र पत्रकारहरुको रहोबरमा वरामद गरिएको छ ।