
हातखुट्टामा रसीले बानेको जस्ता देखिने छाप छन् । रक्तस्राव रोकिएको छैन । आइतबार साँझ नै आफन्तले उपचारको लागि लुम्बिनी अस्पताल ल्याएका थिए । बलात्कारमा चन्द्रौटामा रहेका विन्दावासिनी गणका १० जना सशस्त्र प्रहरी संलग्न भएको महिलाले सांकेतिक भाषामार्फत आफन्तलाई बताएकी छिन् ।
‘हातखुट्टा बाँधेर १० जनाले पालैपालो बलात्कार गरे,’ उनको बोली उद्वृत गर्दै भाउजू रामदुलारी चौधरीले भनिन्, ‘नमानेपछि टोक्ने, ढुंगामा ठोक्ने र कुट्ने पनि गरेका थिए रे ।’ महिला राति घिस्रिदैँ नजिकैको न्यौपाने थरका छिमेकीको घरमा आएर गुहार मागेकी थिइन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।