काठमाडौं, ३ कार्तिक । माओवादी केन्द्र र एमालेबीच सिट बाँडफाँट अन्तिम चरणमा पुगेको जनाइएको छ । कतिपय निर्वाचन क्षेत्रमा दुवै दलका नेताहरुको दाबी रहेपछि बुधबार नै टुंग्याउने भनिए पनि त्यो सम्भव भएको थिएन ।
केन्द्रमा कुल १६५ प्रत्यक्ष सिटमा कम्तीमा ५६ सिट माओवादी केन्द्रले पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । कार्यदलको आजको बेठकले ७ नं. प्रदेशमा भने केन्द्र र प्रदेशको सिट वाँडफाड टुंगो लगाएको छ ।
एमालेले स्थायी समिति बैठक बसी उम्मेदवारहरुको नाम छनौट गर्नेछ । कार्यदलमा भएको ढिलाईका कारण बिहीबार बिहान बस्ने भनिएको स्थायी समिति बैठक साँझ सारिएको थियो । एभरेष्ट दैनिकबाट