काठमाडौं, ३१ असोज । नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने बताएको छ । सो योजना बुधवारदेखि आगामी शुक्रवारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।
यस्तै रू। १० मा ११ मिनेट आफ्नै नेटवर्कभित्र कुराकानी गर्न सकिने र आधारभूत एवम् सिडिएमए नेटवर्कभित्र रू। २ सयमा १ सय ७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइएकोमा कात्तिक महीनाभर सय स्थानीय कल थप गरी मासिक महशुलमा रू। २ सय ७५ कल निःशुल्क उपलब्ध गराइने छ । कात्तिक महीनाभर फोरजी सिम निःशुल्क परिवर्तन गर्न सकिने टेलिकमले बताएको छ । रासस