काठमाडौं, ३१ असोज । नेकपा माआवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने भएको छ ।
सरकारबाट बाहिरिने सबै तयारी पूरा भएर अन्तिम समयमा पुगेका बेला सरकारले चुनाव सार्दै छ भन्ने सूचना पाएकाले आफूहरु सरकारमै रहिरहेर चुनाव निश्चित गर्ने गृहमन्त्री शर्माले बताए । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यसको जानकारी गराउने तयारी गरिसकेका थिए ।