काठमाडौं, ३१ असोज । नेपाली कांग्रेससँग सत्ता साझेदारीको रुपमा रहेको नेकपा माओवादी केन्द्र सरकारबाट वाहिरिने भएको छ । नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट मन्त्री फिर्ता बोलाउने भएको हो ।
तर माओवादीले वाम गठवन्धन भए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउँदै आएपनि अन्तः सरकारबाट वाहिरने निर्णय लिएको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए ।