शान्त कुमार बुढा मगर
मलेशिया २९ असोज । मगर संघ मलेसियाले आयोजना गरेको एभरेष्ट कन्सर्ट ३ सागर धमाकाको पहिलो कार्यक्रम मलेसियाको मुटु क्वालालम्पुरको कोतराया कम्पेक्समा आइतबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख कलाकारको रुपमा गएका नेपाल आइडलका टप ४ प्रतिस्पर्धी सागर आलेले कार्यक्रममा उपस्थित नेपालीहरुलाइ छमछमती नचाएका छन । सवै प्रकारको गित गाउन सक्ने क्षमता रहेका गायक आलेले विभिन्न किसिमका गित गाएर मनोरञ्जन दिएका थिए ।
कार्यक्रमका मुख्य केन्द्रविन्दु रहेका सागर आले मगरले आफ्नो प्रस्तुति अन्तिममा राखेका थिए । राजु लामाको राष्ट्र प्रेमि गित मेरो नेपाल बाट आफ्नो प्रस्तुती शुरु गरेका आलेले शिव परियारको पिलायो साथिले र क्या दामि भो अनि द स्काइ ब्याण्डको डाडैमा मेला लागेछ बोलको गितले हललाइ संगितमय बनाएका थिए । त्यस पछि सान्नानिले झुक्यायो मलाइ बोलको गित गाउदा हलमा रहेका दर्शक गित संगै नाचेका थिए ।आफ्नो प्रस्तुतिको अन्तमा सालैजो गाउदै गर्दा दर्शकले हुटिङ संगै उफ्री उफ्री नाच्दै हलमा झुमिरहेका थिए । सागरले आफ्नो गित बजारमा ल्याउने अन्तिम तयारी भएको र त्यसलाई पनि माया गरि दिन सबै दर्शक लाई अनुरोध समेत गरे ।
उक्त कार्यक्रमको प्रायोजकको रुपमा रिया,आईएमई, मण्डला रेष्टुरेण्ट,उग्रतारा रेष्टुरण्ट,रिमिक्स रेष्टुरेण्ट,मिनी रेष्टुरेण्ट,हाईमाउण्टेन भ्यू टूर एण्ड ट्राभल्स लगायत रहेका छन ।