काठमाडौं, ३२ जेठ । आन्दोलनरत दलहरुका माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकाल्दै नयाँ शक्ति नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले आन्दोलनरत पक्षका माग सम्बोधनका लागि संविधान संशोधन गरिनुपर्ने, भ्रष्टाचार र जनताले भोग्नुपरेका कालोबजारीका समस्याप्रति सरकार गम्भिर हुनुपर्ने लगायतका विभिन्न्ा ८ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
उनले भारत र चीन जस्ता ठूला बजार नजिकै रहेको तथा प्राकृतिक र जैविक रुपमा नेपाल निकै धनी रहेको भन्दै सकारात्मक सोच लिएर काम गर्दा मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको बताए । आलोचना गर्नेहरुलाई जवाफ फर्काएर भन्दा रुखले झैं फल दिने गरी काम गरेर मुलुकलाई समृद्ध बनाइ छाड्ने अठोट उनले गरे ।