पुनहरी घिमिरे
कपिलवस्तु । असोज कपिलवस्तु कारागारमा एक जेलरको मृत्यु भएकोे छ । हृदयघातका कारण कारागारकी जेलर रेखा पुनको मृत्यु भएको हो ।
५० बर्षका पुनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
शुक्रवार बिहान ६२ आंै प्रहरी दिवसको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तौलिहवामा सरिक भई दिनभरी कारागारमै जेलर पुनले काम गरेकी थिइन्। ड्युटी पुरा गरि सोही दिन साँझ सदाझै आफ्नै निजी सवारी साधनबाट रुपन्देहीको मंगलापुरमा रहेको घरमा गएकी उनको राति ८ बजेतिर छाती दुखेपछि उनलाई मेडिकल कलेज भैरहवा लगिएको थियो । जेलर पुनको मृत्युपछि अहिले कारागार शोकमा डुबेको छ । पुनका श्रीमान र छोरी रहेको छोरी र ज्वाँई हङकङ बस्दै आएको पारिवारिक श्रोतले जनाएको छ ।