इन्द्रेणी संवाददाता
दाङ, २९ असोज । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) केन्द्रीय समितिले दाङको धार्मिक पर्यटकीय क्षेत्र धारापानीमा घोषणा सभा सम्पन्न गरेको छ । असोज ४ र ५ गते वर्दियाको ठाकुरद्धारामा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको थियो । सो महाधिवेशनबाट चयन भएका संघका पदाधिकारीहरुलाई घोषणा सभामा प्रमाणपत्र वितरण गर्नुका साथै पर्यटन विकास सम्बन्धी ९ बुद्धे घोषणा पत्र समेत सार्वजनिक गरेको छ ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य धु्रवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, निवर्तनमा अध्यक्ष सुदीप गौतम, उद्योग वाणिज्य संघका निवर्तनमा उपाध्यक्ष खड्ग बुढाथोकी, पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशराज अधिकारी, सचिव विष्णुराम आचार्य, जिसस उपसभापति श्रीधर पौडेल नरेन्द्र केसी, टीका वस्नेत, प्रेमबहादुर राम्जालगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।
एन्टोजका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वसन्तप्रताव सिंहको स्वागत मन्तव्यबाट शुरु गरेको कार्यक्रको सहजीकरण महासचिव केशरमान विसीले गरेका थिए ।