रेखा मगर
दाङ, ३२ जेठ
घोराही नगरपालिका ३ वर्गद्धीका यमवहादुर वली दैनिक घोराही आउने जाने गर्नुहुन्छ । कामको शिलशिलामा घोराही र वर्गद्धी ओहोदोहोर गर्नुपर्ने वलीलाइ कटुवाखोलामा निकै सास्ती खेप्नुपरिरहेको छ । 
मोटरसाइकलमा हिड्दा कटुवाखोलामा देखिने गाडीको जाम, धुलाम्य र हिलाम्य वाटोले समस्या भएको छ ।
वर्षायाममा कटुवाखोलामा विगत वर्षमा जत्तिको आवतजावतमा समस्या हुन्थ्यो अहिले त्यो भन्दा वढि समस्या भइरहेको छ उहाँलाइ ।
यो समस्या ओलीलाइ मात्र होइन, धेरै नागरिक र सवारी चाकलहरुले विगत वर्षमा भन्दा पनि झन वढि सास्ती खेप्नु परिरहेको छ ।
चालु आर्थिक वर्ष सकिनै लागेको छ । अव वर्षा सुरु भइसकेको छ । खोलाहरुमा वाढी आउन सक्ने स्थिती छ तर घोराहीको कटुवाखोला लगाएत अन्य खोलाहरुमा निर्माण थालिएको पुलका कारण नत सहज रुपले गाडीहरु वारपार गर्न सकिरहेका छन न त भरपर्दौ विकल्प नै छ ।
कटुवाखोलामा निर्माणाधिन पुलको लागत साढे ४ करोड रहेको छ । आगामी असोज महिनामा निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि कामले ति लिन नसकेका गुनासाहरु सुनिन्छन । घोराही, लमही तुलसीपुर सडकखण्डका खोलाहरुमा यतिवेला पुल निर्माण भन्दै कहिँ पिलर उठाउने काम भइरहेको छ त कहि पुरानो वाटोको संरचना भत्काउने काम भइरहेको छ ।
जस्ले गर्दा सवारी चालक र सर्वसाधारणलाइ समस्यामा पारेको छ । यति मात्र होइन आर्थिक वर्ष सकिनै लाग्दा थालिएका पुल निर्माण वजेट पनि फ्रिज हुने अवस्था देखिएको छ । जुनसुकै वेला आउन सक्ने वाढीले सवारी साधन, यात्रुहरुलाइ विगत वर्षमा भन्दा झन वढि समस्या पैदा गर्ने अवस्था देखिन्छ ।
विगत वर्षमा दाङको घोराही तुल्सीपुर सडक खण्ड र घोराही लमही सडक वाढिले केहि यातायातका साधनहरु बगेका थिए भने वारपारमा समस्या हुँदै आएकोमा यो वर्ष पुरा पनि समाधान हुने स्थिती छैन ।
दाङमा पानी मुनिको पुलका कारण वाढि आएको वेला आपत्कालीन सेवाका एम्वुलेन्सहरु पनि घण्टौं रोकिदै आएका छन भने मोटरसाईकलको यात्रा कष्टकर छँदैछ । यो वर्षपनि विगत वर्षको समस्यामा पार लाउन सक्ने अवस्था छैन । दाङका सडकमा अव पुलमाथि गाडी कुद्न ३ वर्ष कुनुपर्ने स्थिती देखन्छ ।
हालसालै ८ वटा पुल निर्माणाधिन छन भने गत वर्ष ४ वटा पुल निर्माणकै चरणमा छन । यस वर्ष तुलसीपुर पुरन्धाराको भमके खोला र देउखुरीको सिसहयिनामा पिपरी खोला निर्माणको अन्तिम चरणमा छन ।
दाङका पुलहरु पौे २ करोड देखि लिएर १७ करोेडसम्म सम्मका रहेका छन । अव वर्षेनी दोहोरिदै आएको समस्यावाट छुटकारा पाउन निर्माण कम्पनी, सरोकारवाा निकाय र नागरि स्तरवाट पहलकदमी आवश्यक छ । होइन भने विकाले गति नलिदा पानी मुनिकै पुलमा ओहोर दोहोर गर्नुपर्ने स्थिती नै कायम नरहला भन्न सकिन्न ।।