काठमाडौं, २६ असोज। नेकपा (मसाल) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल नगर्ने निर्णय गरेको छ ।
सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको विज्ञप्तिमा वामपन्थीहरुसँग तालमेल नभएमा एक्लै पनि चुनाव लड्ने उद्घोष गरिएको छ । रासस