काठमाण्डौ, २५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम एकता विश्व समाजवादको नयाँ मोडल भएको बताएका छन् ।
बुधवार राजधानीमा आयोजना गरिएको कार्यक्रममा आन्दोलनको पुरानो रुपको अन्त्यगरी नयाँ आन्दोलनबाट क्रान्तिको अभिभारा पुरा गर्ने लक्ष्य अनुरुप बाम एकता हुन लागेको प्रचण्डले बताए ।