शंकर के सी
सल्यान, २५ असोज । सल्यानको कपुरकोट गाउँपालिकाका सबै माध्यामिक विद्यालयमा महिनावारी भएका किशोरिहरुका लागि आराम गर्ने कोठा निर्माण हुने भएको छ ।

कार्यक्रममा किशोरि मिशन डागीले छोरी विरामी परेमा सामान्य खालको स्वास्थ्य संस्थामा उपचार गराउने तर छोरो विरामी भएमा ऋण कारेर भएपनि महंगो अस्पतालमा लग्ने जस्ता विभेद समाजमा रहेको बालिकालाइ पनि अधिकार दिलाउन के पहल भइरहेको छ भन्दै कार्यक्रमका अतीथीहरुलाइ प्रश्न गरेकी थिइन् ।
वहसमा छोराछोरीमाथी हुने विभेद कम हुँदै गएको बताउँदै कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर र सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्माले बालिकाहरुलाइ कुनै पनि अधिकारबाट वञ्चीत गर्न नहुने बताएका थिए ।
उनीहरुले सामुदायी वनको आम्दानी र गाउँपालिकाको बजेट वालिकाको विकासका लागी लगानी गर्ने प्रतिवद्धता पनि जनाएका छन् । सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ बालिका दिवसको अवसरमा वहस आज विहान साढे ७ बजे रेडियो कपुरकोटबाट प्रशारण भएको थियो ।
तीनसय किशोरीले आज एकदिन नयाँ रेडियोकर्मीको भूमिकामा देखिदै छन् । यो नयाँ र पहिलो कार्यक्रम पनि हो । यसअघि कहिल्यै रेडियोमा काम नगरेका बालिकाहरुले सम्बन्धित रेडियो बहसमूलक रेडियो कार्यक्रम चलाउनेछन् । कार्यक्रममा १४ देखि १९ बर्षसम्का किशोरीको सहभागिता रहनेछ ।