सुनसरी, २४ असोज । नेपाली कांग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीका महासमिति सदस्य इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए ।